२०७२ पौष १४ काठमाडौं, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरुले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँग शिष्टाचार भेट गर्नुभएको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्यहरु क्रमशः विजुल वि.क. दुलाल, प्रा.डा. विष्णु पाठक, नरकुमारी गुरुङ्ग, आई बहादुर गुरुङ्ग तथा आयोगका सचिव महेश शर्मा पौडेल सहभागी हुनुभएको सो कार्यक्रममा आयोगका पदाधिकारीहरुले आयोगले हालसम्म सम्पादन गरेका कार्यहरुबारे राष्ट्रपतिसमक्ष जानकारी प्रस्तुत गर्नुभएको थियो । भेटका क्रममा राष्ट्रपतिज्यूले संक्रमणकालीन न्यायको लागि आयोगको जिम्मेवारी महत्वपूर्ण रहेकोले आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने उल्लेख गर्दै आयोगको सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो।