बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

शान्ति तथा पुननिर्माण मन्त्रीसँगको भेटघाट सम्पन्न


2017-09-12

            काठमाडौं, पौष २० गते । माननीय शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले सशस्त्र द्वन्दका पीडितले न्याय तथा पीडकले सजाय पाउनु पर्ने कुरा बताउनु भएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सोमबार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष सहितको आयोगको टोलीसँगको भेटमा मन्त्री ढकालले शान्ति प्रक्रियाको महत्वपूर्ण कडिको रुपमा रहेको यस आयोगले विगतको सशस्त्र द्वन्दको असरलाई समाप्त पारी भविष्यमा समेत यस्ता घटनाहरुलाई दोहोरिन नदिने वातावरण निर्माण गर्ने गरी यस आयोगले काम गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

सो अवसरमा उहाँले आयोगका कामलाई तिव्रताकासाथ अघि बढाउन समेत सुझाव दिनु भएको थियो साथै आयोगको सम्पर्क मन्त्रालयको रुपमा आफ्नो मन्त्रालय रहेको समेत सन्दर्भमा आयोगलाई आफ्नो साथ र सहयोग निरन्तर रहने उल्लेख गर्दै आयोगको सफलताको समेत शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा माननीय शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री दिपनारायण साह र सचिव श्री र्इश्वरी प्रसाद पौडेल समेत उपस्थित हुनुहुन्थ्यो ।

आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्यहरु विजुल वि.क. दुलाल, प्रा.डा.विष्णु पाठक, नरकुमारी गुरुङ्ग, आई बहादुर गुरुङ्ग, आयोगका सचिव महेश शर्मा पौडेल, सहसचिव कुमुद प्रसाद शर्मा, उपसचिव रामहरि शर्मा काफ्ले, लेखा अधिकृत हरिनारायण राजभण्डारी सो भेटमा सहभागी रहनु भएको थियो । उक्त भेटमा आयोगले हालसम्म सम्पादन गरेका कार्यहरु तथा आयोगलाई कार्यसम्पादनका सिलसिलामा देखिएका कठिनाईहरुबारे आयोगका अध्यक्ष तथा पदाधिकारीहरुले जानकारी प्रस्तुत गर्नुभएको थियो ।