बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

आयोग पदाधिकारीद्वारा कानूनमन्त्रीसँग भेट


2017-09-12

             काठमाडौं, पौष २२ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष सहितको आयोगको टोलीले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलज्यूसँग भेटघाट गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार, काठमाडौंमा भएको उक्त भेटमा मन्त्री खरेलले आफ्नो मन्त्रालय आयोगको सम्पर्क मन्त्रालय नभएता पनि मन्त्रालय र सरकारको तर्फबाट आयोगलार्इ आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउँदै  शान्ति प्रक्रियालार्इ पूर्णता प्रदान गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

               आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्यहरु विजुल वि.क. दुलाल, प्रा.डा. विष्णु पाठक, आई बहादुर गुरुङ्ग र आयोगका सचिव महेश शर्मा पौडेल सो भेटमा सहभागी रहनु भएको थियो । उक्त भेटमा आयोगले हालसम्म सम्पादन गरेका कार्यहरु तथा आयोगलाई कार्यसम्पादनका सिलसिलामा देखिएका कठिनाईहरुबारे आयोगका अध्यक्ष तथा पदाधिकारीहरुले जानकारी प्रस्तुत गर्नुभएको थियो ।