बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

व्यवस्थापिका—संसद मानव अधिकार तथा सामाजिक न्याय समितिका पदाधिकारीहरुबाट आयोगको अवलोकन भ्रमण


2016-11-27

व्यवस्थापिका—संसदको मानव अधिकार तथा सामाजिक न्याय समितिका पदाधिकारीहरुबाट २०७३ साल मंसीर १० गते शुक्रबारका दिन व्यवस्थापिका—संसद मानव अधिकार तथा सामाजिक न्याय समितिका सभापति माननीय सुशिलकुमार श्रेष्ठज्यूको नेतृत्वमा सो समितिका माननीय सदस्यहरु समेतबाट बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको स्थलगत रुपमा अवलोकन भ्रमण सम्पन्नभयो । उक्त कार्यक्रममा समितिका सभापतिले सशस्त्र द्वन्द्वकालमा भएको मानवअधिकारको गंभीर उल्लंघनका घटनाहरुलाई राष्ट्रिय एवं अन्तरराष्ट्रिय जगतबाट पनि गंभीरतापूर्वक हेरिएको चर्चा गर्दै आवश्यक परेमा आफूहरु सम्माननीय प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएर पनि संक्रमणकालीन न्यायलाई संबोधन गर्ने प्रयाश गर्ने र सोही सिलसिलामा आफूहरु आयोगको काम कारवाहीको अवस्थाबारे स्थलगत रुपमा अवलोकन गर्न आएको बताउनु भयो । सो अवसरमा समितिका माननीय सदस्यहरुले समेत आयोगको काम कारवाहीको अवस्थाबारे विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो । उहांहरुको जिज्ञासालाई सम्बोधन गर्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगको काम कारवाही र यसले झेल्नु परेको समस्याहरुलाई समितिले गंभीररुपले लिने गरेकोमा खुसी व्यक्त गर्दै हालसम्म पनि साधन श्रोतबाट बंचित हुनु परेको अवस्था दर्शाउंदै सरकारले साधन श्रोतको यथोचित प्रबन्ध गरी एक वर्ष म्याद थप गरिदिएमा आयोग आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम रहेको कुरा बताउनु भयो ।