मितिः २०८१/०९/१७
नेपालमा सम्वत् २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको उल्लंघन तथा मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण तथा छानविन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, पीडितलाई परिपूरणको व्यवस्था लगायत मानव अधिकारको गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि सिफारिस गर्ने तथा भविष्यमा त्यस्तो घटना दोहोरिन नदिने उपायहरु सिफारिस गर्ने लगायतको क्षेत्राधिकार सहित यस आयोगको स्थापना भएको हो । यस आयोगले वि.सं. २०७६ साल (विगत ६ वर्ष) देखि संक्रमणकालीन न्यायका विविध क्षेत्रहरु समेटी “सत्यको खोजी” नामक जर्नल प्रकाशन गर्दै आइरहेको छ । जर्नल प्रकाशनलाई निरन्तरता दिने क्रममा यस वर्ष पनि सत्यको खोजी वर्ष ७, अंक १ प्रकाशनको लागि विद्वान लेखकहरुबाट अनुसन्धानमूलक लेख आह्ववान गरिएको छ । इच्छुक लेखकहरुले तपसिल बमोजिम हुने गरी लेख उपलब्ध गराइदिनु हुन अनुरोध छ ।
तपसिल
- लेख संक्रमणकालीन न्याय सम्बन्धी अनुसन्धानमूलक, विश्लेषणात्मक तथा मौलिक हुनु पर्नेछ ।
- लेखका साथमा लेखकको पद, ठेगाना, मोवाइल नं. र इमेलसमेत पठाउनु पर्नेछ ।
- लेख अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्न सकिनेछ । लेख तयार गर्दा नेपालीमा Unicode फन्टमा १२ ̎ साइजमा र अंग्रेजीमा The Times New Roman को १०.५ ̎ साइजमा टाइप गरी विद्युतीय प्रति (Electronic Copy) इमेल मार्फत् पठाउनु पर्नेछ ।
- लेख कम्तिमा ४००० र बढीमा ५००० शब्दमा लेखिएको हुनु पर्नेछ । लेखमा सारांश अनिवार्य हुनुपर्ने र सारांश १५० देखि २५० शब्दसम्मको हुनुपर्नेछ ।
- कुनै लेख वा प्रकाशनार्थ प्राप्त सामग्री प्रकाशित गर्ने वा नगर्ने तथा त्यस्ता सामग्री सम्पादन गर्ने सिलसिलामा त्यसको कुनै अंश हटाउने तथा भाषा संशोधन गर्ने अधिकार सम्पादक समूहलाई हुनेछ ।
- प्रकाशनका लागि प्राप्त लेखहरु आवश्यकतानुसारसमकक्षी पुनरावलोकन (Peer Review) गर्न सकिनेछ ।
- यस आयोगमा प्रकाशनार्थ पठाइएको सामग्री अन्यत्र प्रकाशनको लागि पठाउन पाइने छैन र उक्त सामाग्री कुनै प्रकाशनमा प्रकाशित नभएको हुनु पर्नेछ ।
- लेख मिति २०८१ माघ ३० गते बुधबार कार्यालय समयभित्रमा आयोगको इमेल ciedpnepal@gmail.com मा पठाइसक्नु पर्नेछ ।
- लेखमा Blue Book Rule of Citationको पालना गर्नु पर्नेछ ।
- प्रकाशनका लागि स्वीकृत लेखकहरुलाई नियमानुसार पारिश्रमिक उपलब्ध गराइनेछ ।
सम्पर्क व्यक्ति
सिता अधिकारी
शाखा अधिकृत
९८४६८१६७१४