वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ६ को उपदफा (४) बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यहरूको पदावधि सम्वत् २०७५ साल चैत्र मसान्तमा समाप्त भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५।१२।११ को निर्णयानुसार सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिम पूर्व प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित पाँच सदस्यीय सिफारिस समितिले सोही दफाको उपदफा (४) बमोजिम सिफारिस गरिएकोमा मिति २०७६/१०/०६ गतेका दिन मन्त्रीपरिषद्को निर्णयबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा देहाय बमोजिम पदाधिकारीहरूको नियुक्ति भएको छ।