आयाेगका सचिव र बेपत्ताका परिवारबीच बाग्लुङमा भेटघाट एवं छलफल ।

वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगका सचिव श्री महेश शर्मा पाैडेलले वेपत्ता पारिएका ब्यक्तिका पीडित परिवारसँग स्थानीय शान्ति समितिकाे कार्यालय बाग्लुङमा मिति २०७२/०७/०१ गते भेटघाट र छलफल गर्नु भयो । सो अवसरमा सचिवज्यूले आयोगले हालसम्म गरेका कार्य र अब गर्ने कार्यहरूको वारेमा वताउनु भयो । सोहि अवसरमा पीडितहरूले आयोगले प्रभावकारी र शिघ्र रूपमा आफ्नो काम गरी वेपत्ता पारिएका ब्यक्तिहरूकाे वारेमा सत्य तथ्य जानकारी दिन र दोषि उपर कारवाही होस भन्ने भनाइ राख्नु भएकाे थियो ।