आयोगका पदाधिकारी तथा कर्मचारीको आचार संहिता एवं वयान सम्बन्धी कार्यविधि जारी ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको मिति २०७८/०७/२८ को निर्णयानुसार आयोगका पदाधिकारीहरुको आचार संहिता, २०७८ र आयोगको मिति २०७८/०८/०१ को निर्णयानुसार आयोगमा कार्यरत कर्मचारीहरुको आचार संहिता, २०७८ जारी भएको छ । आयोगको कामको संवेदनशिलता र गम्भीरतालाई दृष्टिगत गरी यो आचार संहिता जारी गरिएको हो । सोही दिनको बैठकले आयोगको अनुसन्धानको क्रममा लिनु पर्ने वयान सम्बन्धी कार्यविधि समेत जारी गरेको छ । यस अघि जारी भएका पदाधिकारीहरुको आचार संहिता, २०७२ र बयान सम्बन्धी कार्यविधि, २०७५ खारेज गरिएको छ ।