national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

सूचीकृत व्यक्तिहरुको विषयमा प्रतिक्रिया जनाउने सम्बन्धमा पाँच दिने सूचना ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस हुन इच्छुक देहाय व्यक्तिहरुको नामावली बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया, २०८१ को दफा १० को प्रयोजनार्थ वर्णानुक्रमका आधारमा सार्वजनिक गरिएको छ । यस सूचनामा नाम समावेश भएका देहायका व्यक्तिहरुको बारेमा कसैको कुनै प्रतिक्रिया भए यो सूचना प्रकाशन भएको मितिले पाँच दिन भित्र पुष्ट्याई हुने आधार प्रमाणसहित यस समितिको सचिवालय (कानुन, न्याय तथा स‌ंसदीय मामिला मन्त्रालय) मा लिखित रुपमा वा विद्युतीय माध्यमबाट आईपुग्ने गरी प्रतिक्रिया पेश गर्नहुन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया, २०८१ को दफा ११ बमोजिम अनुरोध गरिएको छ ।