बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच शिष्टाचार भेटघाट तथा छलफल सम्बन्धी प्रेस विज्ञप्ती

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच शिष्टाचार भेटघाट तथा छलफल सम्बन्धी प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच २०८२/०४/०६ गते सोमबार ११:०० बजे राष्ट्रिय मानव अधिकार आयोग, हरिहरभवन, पुल्चोकमा शिष्टाचार भेटघाट र छलफल भयो । दुबै आयोगबीच सहयोग, समन्वय र सहकार्य गर्न तथा राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा संक्रमणकालीन न्यायका विविध पाटाहरूका विषयमा छलफल केन्द्रित हुनुको साथै पीडितलाई केन्द्रविन्दुमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ४ वर्षे कार्ययोजना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८२ को मस्यौदा निर्माण गर्नुपर्ने कुरामा जोड दिइएको थियो । औपचारिक भेटघाटमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगर माननीय सदस्यहरू श्री सूर्य प्रसाद शर्मा ढुंगेल, श्री  मिहिर ठाकुर, श्री मनोज दुवाडी र श्री लीली थापा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री लीलादेवी गडतौला, सदस्यहरू श्री गोपालनाथ योगी, श्री अग्नी प्रसाद थपलिया, श्री श्रृजना पोखरेल र श्री विनिता नेपाली हुनुहुन्थ्यो । उक्त भेटघाटमा दुवै आयोगका सचिवहरूको समेत सहभागिता रहेको थियो ।

 

श्री श्रृजना पोखरेल

सदस्य/प्रवक्ता