वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पारु - १
मितिः २०८२/०८/०३
विषयः अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना ।
यस आयोगले वि.सं. २०७६ सालदेखि संक्रमणकालीन न्यायका विविध क्षेत्रहरु समेटी “सत्यको खोजी” नामक जर्नल प्रकाशन गर्दै आइरहेको छ । जर्नल प्रकाशनलाई निरन्तरता दिने क्रममा यस वर्ष पनि सत्यको खोजी वर्ष ८, अंक १ प्रकाशनको लागि विद्वान लेखकहरुबाट अनुसन्धानमूलक लेख आह्ववान गरिएको छ । इच्छुक लेखकहरुले तपसिल बमोजिम हुने गरी लेख उपलब्ध गराइदिनु हुन अनुरोध छ ।
तपसिल
१. लेख संक्रमणकालीन न्याय सम्बन्धी अनुसन्धानमूलक, विश्लेषणात्मक तथा मौलिक हुनु पर्नेछ ।
२. लेखका साथमा लेखकको पद, ठेगाना, मोवाइल नं. र इमेलसमेत पठाउनु पर्नेछ ।
३. लेख अंग्रेजी र नेपाली दुबै भाषामा तयार गर्न सकिनेछ । लेख तयार गर्दा नेपालीमा Unicode फन्टमा १२ ̎ साइजमा र अंग्रेजीमा The Times New Roman को १०.५ ̎ साइजमा टाइप गरी विद्युतीय प्रति (Electronic Copy) इमेल मार्फत् पठाउनु पर्नेछ ।
४. लेख कम्तिमा ४००० र बढीमा ५००० शब्दमा लेखिएको हुनु पर्नेछ । लेखमा सारांश अनिवार्य हुनुपर्ने र सारांश १५० देखि २५० शब्दसम्मको हुनुपर्नेछ ।
५. कुनै लेख वा प्रकाशनार्थ प्राप्त सामग्री प्रकाशन गर्ने वा नगर्ने तथा त्यस्ता सामग्री सम्पादन गर्ने सिलसिलामा त्यसको कुनै अंश हटाउने तथा भाषा संशोधन गर्ने अधिकार सम्पादक समितिलाई हुनेछ ।
६. प्रकाशनका लागि प्राप्त लेखहरु आवश्यकतानुसार समकक्षी पुनरावलोकन (Peer Review) गर्न सकिनेछ।
७. यस आयोगमा प्रकाशनार्थ पठाइएको सामग्री अन्यत्र प्रकाशनको लागि पठाउन पाइने छैन र उक्त सामग्री कुनै प्रकाशनमा प्रकाशित नभएको हुनु पर्नेछ ।
८. लेख मिति २०८२ /१०/०३ गते सम्ममा आयोगको इमेल ciedpnepal@gmail.com वा आयोगमा पठाइसक्नु पर्नेछ।
९. लेखमा Blue Book Rule of Citation को पालना गर्नु पर्नेछ ।
१०. प्रकाशनका लागि स्वीकृत लेखकहरुलाई नियमानुसार पारिश्रमिक उपलब्ध गराइनेछ ।
सम्पर्क व्यक्ति
सिता अधिकारी
शाखा अधिकृत
९८४६८१६७१४