इन्सेकका प्रतिनिधिसँग छलफल ।

मिति २०७६।२।७ गते बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएको घटनाको सूचना संकलन गर्ने क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिनिधिहरूसँग छलफल सम्पन्न भयो । छलफलको क्रममा इन्सेकका प्रतिनिधिहरूले आयोगलाई आवश्यक पर्ने सूचना विवरण उपलब्ध गराउन सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।