आयोगको उजूरी सम्बन्धी विवरण

१. आयोगबाट हालसम्म सम्पादन भएका मुख्य कार्य

१.१. सत्य अन्वेषण तर्फ (Truth Seeking)

आयोगमा हालसम्म परेका उजुरी र ती उजुरीहरूमा भएको छानविन सम्बन्धी कारवाहीको संक्षिप्त विवरण निम्न बमोजिम रहेको छः-

       आयोगमा परेका उजुरी र छानविनको अवस्था सम्बन्धी विवरण

सि.न.विवरण उजुरी संख्याकैफियत
आयोगमा दर्ता भएका कुल उजुरी ३२८८
छानविन भई फछ्यौट भएका उजुरी७४६
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजुरी २७७
दोहोरो उजुरी परेकोमा लगत कट्टा गरी एउटै उजुरी कायम गरिएको १३७
तामेलीमा राखिएको उजुरी ३३२जम्मा ३४० वटा उजुरी तामेलीमा राखिएकोमा ८ वटा उजुरी तामेलीबाट जगाई पुनः दर्ता भएको ।
हाल छानविनमा रहेको उजुरी२५४२
प्रारम्भिक छानविनमा रहेको उजुरी२९
विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजुरी२५१३
हाल छानविनमा रहेका २५४२ वटा उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्ति२५५७आवधिक बेपत्ता ४९ र पूर्ण बेपत्ता २५०८
पीडित परिचयपत्र प्रदान गरिएको परिवार१३४९

 १.२. अभियोजन/न्याय तर्फ (Prosecution/Justice)

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २५ बमोजिम आयोगको छानविनबाट व्यक्ति बेपत्ता पार्ने अपराधमा संलग्न भएको देखिएको व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्न आयोगले नेपाल सरकार समक्ष सिफारिस गर्ने र सोही ऐनको दफा २९ बमोजिम नेपाल सरकारको सम्बन्धित मन्त्रालयले सो सिफारिस बमोजिम अभियोजन सम्बन्धी कारवाही गर्न महान्यायाधिवक्ता समक्ष लेखि पठाउनु पर्ने हुन्छ । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा दर्ता भएका उजुरी उपरको हालसम्मको छानविनबाट सो बमोजिमको कुनै सिफारिस भएको छैन ।

१.३. परिपूरण तर्फ (Reparation)

१.३.१. परिचयपत्र वितरण

बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा १३ को उपदफा (१) को खण्ड (च) तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नियमावली, २०७२ को नियम ३८ ले आयोगले उजुरी उपर गरेको छानविनबाट कुनै व्यक्ति सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएको कारणबाट पीडित हुन पुगेको देखिएमा त्यस्तो व्यक्तिलाई पीडित परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ । कानुनले आयोगलाई प्रदान गरेको यही अधिकार बमोजिम आयोगमा हाल छानविनमा रहेका २५४२ वटा उजुरीमध्ये १३४९ वटा उजुरीका बेपत्ता पारिएका व्यक्तिको पीडित परिवारलाई आयोगबाट पीडित परिचयपत्र प्रदान गरिएको छ ।

१.३.२. पीडित परिचयपत्र प्राप्त व्यक्तिलाई सेवा, सुविधा, छुट तथा सहुलियत प्रदान गर्नका लागि सिफारिस

आयोगबाट मिति २०७७/१२/०४ मा भएको निर्णयानुसार  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा १३ को उपदफा (१) को खण्ड (च) तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको नियमावली, २०७१ को नियम ३८ बमोजिम पीडित परिचयपत्र प्राप्त बेपत्ता पारिएका व्यक्तिको पीडित परिवारलाई उक्त ऐनको दफा २३ को उपदफा (१) र (२) बमोजिम राज्यको तर्फबाट सेवा सुविधा तथा सहुलियत प्रदान गर्नका लागि प.सं. ०७७/०७८ च.नं. १३५२ मिति २०७७/१२/०६ को पत्रबाट आयोगको सम्पर्क मन्त्रालय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत नेपाल सरकार समक्ष एघार बुँदे सिफारिस गरेको छ ।

१.३.३. पीडित परिवारलाई सहयोग गर्नका लागि प्रदेश सरकार तथा स्थानीय तहसमेतलाई अनुरोध

आयोगको मिति २०७८/१०/२५ को निर्णयानुसार सबै प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, महानगर/उपमहानगर/नगर/गाउँ कार्यपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयहरूमा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारलाई सहयोग गर्नका लागि तेह्र बुँदे अनुरोध पत्र पठाईएको छ ।

१.३.४. पीडित परिवारलाई न्यूनतम रू. दश लाख राहत प्रदान गर्नका लागि सिफारिस

आयोगमा छानविनको प्रकृयामा रहेको उजुरी मध्ये सरकारबाट कुनै प्रकारका राहत नपाएका ५५१ बेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्यूनतम रू दश लाख राहत प्रदान गर्न आयोगले सम्पर्क मन्त्रालय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत सिफारिस गरेको छ । मिति २०७८/०१/१७ मा ९१ परिवारलाई, मिति २०७८/०८/०६ मा ९३ परिवारलाई, मिति २०७८/१०/२५ मा १७७ परिवारलाई, मिति २०७९/०१/२५ मा १७५ परिवारलाई र मिति २०७९/०३/२२ मा १५ परिवारलाई उक्त सिफारिस गरिएकोमा मिति २०७८/०८/०६ मा सिफारिस गरिएका ९३ परिवारले मात्र नेपाल सरकारबाट सो राहत प्राप्त गरेको जानकारी आयोगलाई प्राप्त भएको छ । बाँकी ४५८ परिवारले सो राहत नेपाल सरकारबाट प्राप्त गर्न नसकेको अवस्था छ ।

१.३.५. परिपूरण सिफारिस सम्बन्धी कार्यविधिको मस्यौदा तयार

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्ति एवं निजको पीडित परिवारलाई परिपूरण सिफारिस गर्ने प्रक्रियालाई सहज र वस्तुनिष्ठ बनाउन आयोगले २०७८ सालमा परिपूरण सिफारिस सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारी सरोकारवाला तथा सम्बद्ध निकायमा सुझावको लागि पठाइएको छ । मिति २०७९/०४/०१ देखि आयोग पदाधिकारी विहिन हुन गएकोले सो कार्यविधि पारित हुन बाँकी रहेको छ ।

१.४. द्वन्द्व नदोहोरिने प्रतिवद्धता/संस्थागत सुधारतर्फ (Guarantee of Non-recurrence/institutional Reform)

आयोगले पदाधिकारीहरू भएको अवस्थामा सम्पन्न गरेका छानविन सम्बन्धी कार्यहरूको विवरण उल्लेख गरी बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २७ को उपदफा (२) बमोजिम पाँचवटा अन्तरिम प्रतिवेदन (वि.सं. २०७२ मा पहिलो, २०७४ मा दोस्रो, २०७५ मा तेस्रो, २०७७ मा चौथो र २०७९ मा पाँचौ) नेपाल सरकार समक्ष पेश गरेको छ । यी प्रतिवेदन मध्ये तेस्रो अन्तरिम प्रतिवेदन, २०७५ र पाँचौ अन्तरिम प्रतिवेदन, २०७९ मा नेपालको सशस्त्र द्वन्द्वका कारण र पुनः द्वन्द्व दोहोरिन नदिन अपनाउनुपर्ने उपायका बारेमा आयोगले नेपाल सरकार समक्ष सिफारिस प्रस्तुत गरेको छ ।

२. अनुसन्धानमूलक कार्य

आयोगले वि.सं. २०७५ सालमा आयोगका तत्कालीन अध्यक्षको संयोजकत्वमा गठित समितिबाट “भविष्यमा द्वन्द्व दोहोरिन नदिन संस्थागत सुधारको लागि सुझाव” विषयमा एवं वि.सं. २०७९ सालमा “नेपालमा सशस्त्र द्वन्द्वको क्रममा भएका व्यक्ति बेपत्ता पार्ने कार्यको प्रवृत्ति, प्रकृति र स्वरूप” तथा “नेपालको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकार उल्लंघनको प्रवृत्ति” सम्बन्धमा विषय विज्ञबाट अनुसन्धानमूलक अध्ययन गराई प्रतिवेदन लिएको छ ।

हालसम्म बेपत्ता व्यक्तिको परिवारलाई पीडित परिचयपत्र वितरण

जिल्ला पीडित परिचयपत्र प्राप्त परिवार संख्यापीडित परिचयपत्र प्राप्त व्यक्तिको संख्या
इलाम१९५५
उदयपुर
ओखलढुंगा१४३९
कास्की३३९६
झापा३८१००
तनहूँ३०९१
ताप्लेजुङ्ग१६३५
दार्चुला१४२२
धनुषा१९
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)३१
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)१९५९
पर्सा२१५५
पाँचथर११२३
बर्दिया१८२८२२
रसुवा१३
खोटाङ्
जाजरकोट२२५२
डोल्पा
तेह्रथुम१०१६
दैलेख२२३८
धनकुटा१८
भोजपुर१२२४
रुकुम पश्चिम२२५१
संखुवासभा२१
सल्यान३४७२
सुर्खेत४५१२७
सोलुखुम्बु१५२२
हुम्ला
अर्घाखाँची१२३०
कपिलवस्तु१४३८
रुपन्देही१३४०
रोल्पा
काठमाण्डौ२३७०
काभ्रेपलाञ्चोक२५६०
चितवन३९१३७
दोलखा१२४२
धादिङ्ग४०१६२
नुवाकोट१६
भक्तपुर२४
मकवानपुर२०८३
महोत्तरी४७
रामेछाप
रौतहट
ललितपुर२३
सप्तरी२४९२
सर्लाही१४५१
सिन्धुपाल्चोक२१७०
कञ्चनपुर६१२१६
कैलाली
गोरखा१२
डडेलधुरा१८३९
पर्वत१६३५
बाग्लुङ्ग१६३५
बाजुरा१०२२
बैतडी५१९०
म्याग्दी१५
स्याङजा३६७९
लम्जुङ्ग
डोटी११२२
बाँके
प्यूठान११४३
दाङ्ग८१२७७
सिराहा३१९२
बझाङ्ग१६४४
कालिकोट२६४५
मोरङ्ग
अछाम
जम्मा१३२०३९९६

आयोगबाट छानविनको क्रममा फेला परेका व्यक्तिको विवरण

सि.नं.वेपत्ता व्यक्तिको नामथर जिल्लासाविक वतनहालको वतन
लछुमनप्रसाद भट्ट नुवाकोट नुवाकोट गाविस-४ विदुर नगरपालिका-१२
गोपालप्रसाद अर्यालस्याङ्गजा वालिङ न.पा.-६वालिङ नगरपालिका-६
हेमराज जोशी कैलाली घोडाघोडी न.पा.-१३ घोडाघोडी नगरपालिका-१३
कृष्णप्रसाद दुलालकञ्चनपुर पुर्नवास नगरपालिका-६पुर्नवास नगरपालिका-१०
चन्द्रबहादुदर शाह इलाम शान्तिडाँडाँ गाविस-२देउमाई नगरपालिका-७
भिष्मजङ्ग रायमाझीझापा तोपगाछी गाविस-१ कमल गा.पा.-१
गंगाधर तिमिल्सिना चितवन भरतपुर उपम.न.पा.-२८भरतपुर उपम.न.पा-१३
उमेश वि.क.रुकुम (पश्चिम भाग) अर्मा गा.वि.स.-५सानीभेरी गा.पा.-११
विक्रमसिंह ठगुन्ना दार्चुला धुलीगडा-८नौगाड गा.पा.-5
१०रोहित भट्टराई ओखलढुंगा ठुलाछाप-८सिद्धिचरण नगरपालिका-२
११कालुसिंह ठगुन्ना डडेलधुरा पर्शुराम नगरपालिका-९परशुराम नगरपालिका-९
१२केशव प्रसाद उपाध्याय पौडेल नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)सुक्रौली-२रामग्रमा नगरपालिका-१५
१३राजुविक्रम शाह गोरखा नारेश्वर-६ नारेश्वर-६
१४कुमार सुवेदीमोरङ्ग टाँडी-८ मिक्लाजुङ गापा-३
१५राजकुमार राना ललितपुर ललितपुर गा.वि.स.-६गोदावरी नगरपालिका-१३
१६धनबहादुर दाहाल कञ्चनपुर भिमदत्त नगरपालिका-१८ भिमदत्त नगरपालिका-१८
१७डबल बुढा बाजुरा जयबागेश्वरी गाविस-३खप्तड छेडेदह गापा-२
१८शिवप्रसाद खनालतनहूँजामुने-२ म्याग्दे गा.पा.-१
१९रामकुमार राईभोजपुर गुप्तेश्वर-२भोजपुर नगरपालिका-३
२०बबिन राईभोजपर भुल्के-७ रामप्रसाद राई गा.पा.-३
२१जगनाथ हेङ्वा संखुवासभा खराङ्ग गाविस- ६चैनपुर नगरपालिका-११
२२लक्ष्मीदेवी इश्वरा राईसंखुवासभा खराङ्ग गाविस-९चैनपुर नगरपालिका-११
२३चन्द्रबहादुदर बुढासुर्खेत आग्रीगाँउ-९ सिम्टा गा.पा.-३
२४जनक भण्डारीडोटीकपल्लेकी गाविस-७शिखर नगरपालिका
२५बेनिमाया अधिकारी चितवन रत्ननगर नगरपालिका-५रत्ननगर नगरपालिका
२६सन्तोष जैसवाल रौतहटगौर गाविस-२ गौर नगरपालिका-१
२७जयाप्रसाद जैसीदैलेखनारायण नगरपालिका-५नारायण नगरपालिका-६
२८टुकबहादुर पौडेल स्याङ्गजा पुतलीबजार नपा-२ पुतलीबजार नगरपालिका-२
२९पहलमान वस्नेत सल्यान लक्ष्मीपूर गाविस-४ कालिमाटी गा.पा.-१
३०निलकुमार थापा ताप्लेजुङ्ग खोक्लिङ्ग-३ मिक्वाखोला गा.पा.-१
३१हरिमोहन चौधरी सर्लाही बसबरिया गा.पा.-३ बसबरिया गा.पा.-३
३२हरिचन्द्र रोकायजुम्लाघोडेगाउँ महादेव गा.वि.स. -५तिला गा.पा.-६
३३रणबहादुर गिरीरुकुम पश्चिमखारा गा.वि.स. -५त्रिवेणी गा.पा.-४
३४भिमबहादुर दमाईरुकुम पश्चिमखारा गा.वि.स. -५त्रिवेणी गा.पा.-४
३५राजकुमार पौडेलचितवनजगतपुर नारायणी न.पा. -१०भरतपुर म.न.पा. -२३
३६रत्नबहादुर तामाङ्गधादिङ्गबैरेनी गा.वि.स. -५गल्छी गा.पा. -५