आयोगको उजूरी सम्बन्धी विवरण

 


मिति २०७२ । ११ । ३० मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०७२ जारी भई लागू भएपश्चात् मात्र आयोगबाट उजूरी संकलनको काम शुरु भयो । आयोगले मिति २०७२ । १२ । २२ को निर्णय अनुसार राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच मिति २०५२ । ११ । १ गतेदेखि मिति २०६३ । ८ । ५ गतेसम्म सशस्त्र द्वन्द्वको क्रममा भएको व्यक्ति बेपत्ता पार्ने कार्यउपरको उजूरी आयोगमा वा स्थानीय शान्ति समितिको कार्यालयको सचिवालयमा मिति २०७३ साल बैशाख २ गतेबाट ऐ.जेष्ठ मसान्तसम्म उजूरी गर्न सार्वजनिक सूचना आव्हान ग[र्‍यो । उजूरी दर्ता गर्न तोकिएको समय पर्याप्त नभएकोले उजूरी दर्ता प्रक्रिया खुल्ला राख्न पीडित तथा सरोकारवाला संस्थाहरुबाट अनुरोध भई आएकोले आयोगको मिति २०७३ । ४ । २ को निर्णयानुसार पुनः ऐ. श्रावण २६ गतेसम्म उजूरी आव्हान भएको थियो । पछि नेपाल सरकारबाट आयोगको म्याद एकवर्ष थप भएपश्चात् पनि आयोगको मिति २०७३ । ११ । १५ को निर्णयानुसार २०७३ । १२ । १५ सम्मको समय सीमा तोकी पुनः उजूरी दिन सकिने गरी आयोगले सूचना जारी गरेको थियो । तत् पश्चात आयोगले यस कार्यावधिमा पनि २०७४ । ११ । १ देखि ऐ. ३० गतेसम्म उजूरी दर्ता प्रकृया खुल्ला राखेको थियो । यसरी चार पटक जारी गरिएको सार्वजनिक सूचनाको आधारमा आयोगमा जम्मा ३२२३ थान उजूरीहरु संकलन भएका छन् ।

ति कुल ३२२३ उजूरीहरु दर्ता भई बेपत्ता व्यक्तिको संख्या ३२५० रहेकोमा प्रारम्भिक कारवाही र प्रारम्भिक छानविनबाट ७३७ उजूरीको लगतकट्टा गर्दा हाल २,५१३ जना बेपत्ता व्यक्तिहरुका सम्बन्धमा विस्तृत छानबिन भईरहेको छ । उक्त सङ्ख्या मध्ये ३६ जनालाई केही समय (आंशिक) बेपत्ता पारी छाडिएको देखिन्छ । अनुसन्धानका क्रममा ३१ जना ब्यक्तिहरु हाल बेपत्ता नरहेको, उजूरीकर्ताको सम्पर्कमा रहेको र रोजगारीका लागि अन्यत्र मुलुक गएको भनी खुल्न आएको छ ।

विस्तृत छानविन गर्ने भनी निर्णय भएका २४९५ उजूरी मध्ये आयोगले विस्तृत छानबिन अन्तर्गत ७३ जिल्ला र काठमाडौं‌ उपत्यकामा अस्थायी ठेगाना रहेका २४९५ जना उजूरीकर्तासँग घटना बारे सोधपुछ गरी निजहरुको कागज गराउने एण्टीमोर्टम तथ्यांङ्क फाराम तथा परिपूरण फाराम भराउने कार्यादेश सहित अनुसन्धान अधिकारी र कार्यटोली तोकी निजहरुलाई जिम्मा दिएको थियो । बाँकी रहेका ४ जिल्ला मध्ये मनाङ र मुस्ताङको उजूरी निवेदन नपरेको र २ (डोल्पा र हुम्ला)जिल्लामा विस्तृत छानविन अन्तर्गत उजूरीकर्तासँग घटना बारे सोधपुछ गरी निजहरुको कागज गराउने एण्टीमोर्टम तथ्यांङ्क फाराम तथा परिपूरण फाराम भराउने कार्य बाँकी रहेको छ । आयोगमा दर्ता भई विस्तृत छानविनमा रहेका उजूरीहरुको बारेमा विस्तृत विवरण देहाय बमोजिम रहेको छ।

 उजूरीको हालको अवस्थाको पाई चार्ट

 उजूरीमा हाल सम्मको कारवाहीको अवस्था

सि.न.विवरण उजुरी संख्याकैफियत
आयोगमा दर्ता भएका कुल उजूरी संख्या३२८८
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजूरी संख्या२७७
दोहोरो उजूरी परेकोमा लगत कट्टा भएको उजूरी संख्या१३६
तामेलीमा राखिएको उजूरी संख्या२९२
बेपत्ता व्यक्ति फेला परी लगतकट्टा भएको उजूरी संख्या४८
विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजूरी संख्या२४९०
उजूरीका आधारमा बेपत्ता पारिएका व्यक्ति २५५८
विस्तृत छानविको प्रथम चरणको कार्य सम्पन्न भएको जिल्ला७५मनाङ र मुस्ताङ उजूरी नपरेको
उजूरीकर्ता बुझ्ने, एण्टीमोर्टम परिपूरण विवरण भरेको संख्या२३४२
१०उजूरीकर्ता बुझ्ने, एण्टीमोर्टम परिपूरण विवरण भर्न बाँकी संख्या१४८
११पीडित परिचयपत्र प्राप्त परिवार संख्या१३२१
१२पीडित परिचयपत्र प्राप्त व्यक्तिको संख्या३९९५
१३तामेलीबाट जगाईएको उजूरी संख्या
१४प्रारम्भिक छानबिनमा रहेको उजूरी संख्या (नयाँ उजूरी)५३

हालसम्म बेपत्ता व्यक्तिको परिवारलाई पीडित परिचयपत्र वितरण

जिल्ला पीडित परिचयपत्र प्राप्त परिवार संख्यापीडित परिचयपत्र प्राप्त व्यक्तिको संख्या
इलाम१९५५
उदयपुर
ओखलढुंगा१४३९
कास्की३३९६
झापा३८१००
तनहूँ३०९१
ताप्लेजुङ्ग१६३५
दार्चुला१४२२
धनुषा१९
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)३१
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)१९५९
पर्सा२१५५
पाँचथर११२३
बर्दिया१८२८२२
रसुवा१३
खोटाङ्
जाजरकोट२२५२
डोल्पा
तेह्रथुम१०१६
दैलेख२२३८
धनकुटा१८
भोजपुर१२२४
रुकुम पश्चिम२२५१
संखुवासभा२१
सल्यान३४७२
सुर्खेत४५१२७
सोलुखुम्बु१५२२
हुम्ला
अर्घाखाँची१२३०
कपिलवस्तु१४३८
रुपन्देही१३४०
रोल्पा
काठमाण्डौ२३७०
काभ्रेपलाञ्चोक२५६०
चितवन३९१३७
दोलखा१२४२
धादिङ्ग४०१६२
नुवाकोट१६
भक्तपुर२४
मकवानपुर२०८३
महोत्तरी४७
रामेछाप
रौतहट
ललितपुर२३
सप्तरी२४९२
सर्लाही१४५१
सिन्धुपाल्चोक२१७०
कञ्चनपुर६१२१६
कैलाली
गोरखा१२
डडेलधुरा१८३९
पर्वत१६३५
बाग्लुङ्ग१६३५
बाजुरा१०२२
बैतडी५१९०
म्याग्दी१५
स्याङजा३६७९
लम्जुङ्ग
डोटी११२२
बाँके
प्यूठान११४३
दाङ्ग८१२७७
सिराहा३१९२
बझाङ्ग१६४४
कालिकोट२६४५
मोरङ्ग
अछाम
जम्मा१३२०३९९६

आयोगबाट छानविनको क्रममा फेला परेका व्यक्तिको विवरण

सि.नं.वेपत्ता व्यक्तिको नामथर जिल्लासाविक वतनहालको वतन
लछुमनप्रसाद भट्ट नुवाकोट नुवाकोट गाविस-४ विदुर नगरपालिका-१२
गोपालप्रसाद अर्यालस्याङ्गजा वालिङ न.पा.-६वालिङ नगरपालिका-६
हेमराज जोशी कैलाली घोडाघोडी न.पा.-१३ घोडाघोडी नगरपालिका-१३
कृष्णप्रसाद दुलालकञ्चनपुर पुर्नवास नगरपालिका-६पुर्नवास नगरपालिका-१०
चन्द्रबहादुदर शाह इलाम शान्तिडाँडाँ गाविस-२देउमाई नगरपालिका-७
भिष्मजङ्ग रायमाझीझापा तोपगाछी गाविस-१ कमल गा.पा.-१
गंगाधर तिमिल्सिना चितवन भरतपुर उपम.न.पा.-२८भरतपुर उपम.न.पा-१३
उमेश वि.क.रुकुम (पश्चिम भाग) अर्मा गा.वि.स.-५सानीभेरी गा.पा.-११
विक्रमसिंह ठगुन्ना दार्चुला धुलीगडा-८नौगाड गा.पा.-5
१०रोहित भट्टराई ओखलढुंगा ठुलाछाप-८सिद्धिचरण नगरपालिका-२
११कालुसिंह ठगुन्ना डडेलधुरा पर्शुराम नगरपालिका-९परशुराम नगरपालिका-९
१२केशव प्रसाद उपाध्याय पौडेल नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)सुक्रौली-२रामग्रमा नगरपालिका-१५
१३राजुविक्रम शाह गोरखा नारेश्वर-६ नारेश्वर-६
१४कुमार सुवेदीमोरङ्ग टाँडी-८ मिक्लाजुङ गापा-३
१५राजकुमार राना ललितपुर ललितपुर गा.वि.स.-६गोदावरी नगरपालिका-१३
१६धनबहादुर दाहाल कञ्चनपुर भिमदत्त नगरपालिका-१८ भिमदत्त नगरपालिका-१८
१७डबल बुढा बाजुरा जयबागेश्वरी गाविस-३खप्तड छेडेदह गापा-२
१८शिवप्रसाद खनालतनहूँजामुने-२ म्याग्दे गा.पा.-१
१९रामकुमार राईभोजपुर गुप्तेश्वर-२भोजपुर नगरपालिका-३
२०बबिन राईभोजपर भुल्के-७ रामप्रसाद राई गा.पा.-३
२१जगनाथ हेङ्वा संखुवासभा खराङ्ग गाविस- ६चैनपुर नगरपालिका-११
२२लक्ष्मीदेवी इश्वरा राईसंखुवासभा खराङ्ग गाविस-९चैनपुर नगरपालिका-११
२३चन्द्रबहादुदर बुढासुर्खेत आग्रीगाँउ-९ सिम्टा गा.पा.-३
२४जनक भण्डारीडोटीकपल्लेकी गाविस-७शिखर नगरपालिका
२५बेनिमाया अधिकारी चितवन रत्ननगर नगरपालिका-५रत्ननगर नगरपालिका
२६सन्तोष जैसवाल रौतहटगौर गाविस-२ गौर नगरपालिका-१
२७जयाप्रसाद जैसीदैलेखनारायण नगरपालिका-५नारायण नगरपालिका-६
२८टुकबहादुर पौडेल स्याङ्गजा पुतलीबजार नपा-२ पुतलीबजार नगरपालिका-२
२९पहलमान वस्नेत सल्यान लक्ष्मीपूर गाविस-४ कालिमाटी गा.पा.-१
३०निलकुमार थापा ताप्लेजुङ्ग खोक्लिङ्ग-३ मिक्वाखोला गा.पा.-१
३१हरिमोहन चौधरी सर्लाही बसबरिया गा.पा.-३ बसबरिया गा.पा.-३
३२हरिचन्द्र रोकायजुम्लाघोडेगाउँ महादेव गा.वि.स. -५तिला गा.पा.-६
३३रणबहादुर गिरीरुकुम पश्चिमखारा गा.वि.स. -५त्रिवेणी गा.पा.-४
३४भिमबहादुर दमाईरुकुम पश्चिमखारा गा.वि.स. -५त्रिवेणी गा.पा.-४
३५राजकुमार पौडेलचितवनजगतपुर नारायणी न.पा. -१०भरतपुर म.न.पा. -२३
३६रत्नबहादुर तामाङ्गधादिङ्गबैरेनी गा.वि.स. -५गल्छी गा.पा. -५