सत्यको खोजी

नेपालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापन पछि ३० बर्षे पंचायतकाल (वि.स.२०१७–२०४६) को अवधिमा बेपत्ता पारिएको व्यक्तिको छानबिनको लागि तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले ४ सदस्यीय बेपत्ता व्यक्ति खोजबिनको लागि आयोग स्थापनाको घोषणा गरेता पनि केही मानव अधिकारकर्मीहरुले पञ्चायती व्यवस्था अन्तर्गत निर्माण गरिएकोले बिरोध जनाउँदै राजीनामा दिएको ले भंग भयो । मिति २०४७ श्रावण १६ मा ४ सदस्यीय बेपत्ता छानबिन आयोग पुनः गठन भयो । उक्त आयोगले २०४८ बैशाख ८ अर्थात ८ महिना २३ दिनमा ३५ बेपत्ताको सुची सहित आफ्नो प्रतिवेदन बुझायो, तर कार्यान्वयन हुन सकेन ।
मिति २०५२ । ११ । ०१ देखि २०६३ । ०८ । ०५ सालसम्म चलेको राज्य पक्ष र विद्रोही ने.क.पा. (माओवादी) पक्ष बीच सशस्त्र द्वन्द्व विस्तृत शान्ति सम्झौतापछि विधिवत् रूपमा अन्त्य भयो । उक्त अवधिमा व्यक्ति बेपत्ता पारिएका घटनाहरुको छानबिन एवं सत्य अन्वेषण गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, पीडित तथा निजको परिवारका सदस्यलाई उपलब्ध गराउनु पर्ने परिपूरणको सिफारिस गर्न, त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन, सशस्त्र द्वन्द्वका अन्तर्निहित कारण र भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन संस्थागत सुधारको सुझाब पेश गर्न मिति २०७१ । १० । २७ मा पाँच सदस्यीय बेपत्ता परिएका व्यक्तिको छानबिन आयोग गठन भयो ।

बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा यस अघि विभिन्न निकायहरुले राखेको अभिलेख र सूचीलाई आयोगले तुलनात्मक रुपमा अध्ययन गरेको छ । जस अनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय रेडक्रस र इन्सेकको अभिलेखमा रहेका बेपत्ता पारिएका व्यक्तिको सूची तुलनात्मक रुपमा अध्ययन गरी प्रारम्भिक छानबिन गर्ने कार्य भएको छ । बास्तविक रुपमा नै व्यक्ति बेपत्ता पारिएका घटनाहरु आयोगको छानबिनको दायरामा पर्न सकुन, बेपत्ता पार्ने कार्यमा संलग्न कोही पनि नछुटुन भन्नका लागि यस किसिमको तुलनात्मक अध्ययन आवश्यक परेको हो ।

विभिन्न निकायसँग तुलनात्मक अध्ययन 

सि.न.जिल्लाशान्ति तथा पुननिर्माण मंत्रालयआई.सी.आर.सि.ईन्सेकबेपत्ता पारिएका व्यक्तिको छानविन आयोग
1अछाम217357
2अर्घाखाँची19214
3इलाम45220
4उदयपुर123331
5ओखलढुंगा11131124
6कञ्चनपुर42322678
7कपिलवस्तु10151120
8काठमाडौं29232033
9काभ्रेपलाञ्चोक40302045
10कालिकोट28232545
11कास्की18251636
12कैलाली33251256
13खोटाङ्ग55110
14गुल्मी910023
15गोरखा27372640
16चितवन29231350
17जाजरकोट17162138
18जुम्ला719220
19झापा19121241
20डडेलधुरा33326
21डोटी45312
22डोल्पा0526
23तनहूँ19221033
24ताप्लेजुङ्ग69219
25तेह्रथुम27016
26दाङ्ग1138769133
27दार्चुला53019
28दैलेख1621133
29दोलखा119025
30धनकुटा106214
31धनुषा1010106
32धादिङ्ग29292751
33नवलपरासी17131334
34नुवाकोट26361843
35पर्वत23418
36पर्सा62223
37पाँचथर28212
38पाल्पा51018
39प्यूठान142017
40बझाङ्ग31020
41बर्दिया266221218257
42बाँके1214161101
43बाग्लुङ्ग24251826
44बाजुरा00120
45बारा85112
46बैतडी2911468
47भक्तपुर95511
48भोजपुर1013717
49मकवानपुर15111225
50मनाङ0000
51महोत्तरी710211
52मुगु16126
53मुस्ताङ0000
54मोरङ्ग25141233
55म्याग्दी2624
56रसुवा2113
57रामेछाप2213933
58रुकुम2928044
59रुपन्देही92420
60रोल्पा537527104
61रौतहट1716520
62लमजुङ्ग16221828
63ललितपुर99810
64संखुवासभा56411
65सप्तरी1210828
66सर्लाही91018
67सल्यान39312757
68सिन्धुपाल्चोक35271742
69सिन्धुली14151429
70सिराहा36361138
71सुनसरी17131328
72सुर्खेत13291457
73सोलुखुम्बु63226
74स्याङ्ग्जा1422841
75हुम्ला2404
76जानकारी नभएको जिल्ला0400
जम्मा152213599282511