- Version
- Download 1003
- File Size 36.65 KB
- File Count 1
- Create Date १५ असार २०७७, सोमबार १६:३९
- Last Updated June 27, 2024
नेपाल सरकार
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग
नेपाल
"मर्यादाका लागि सत्य–तथ्य, न्याय र परिपूरण"
सि.न. | विवरण | उजुरी संख्या | कैफियत |
---|---|---|---|
१ | आयोगमा दर्ता भएका कुल उजुरी | ३२८८ | |
२ | छानविन भई फछ्यौट भएका उजुरी | ७४६ | |
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजुरी | २७७ | ||
दोहोरो उजुरी परेकोमा लगत कट्टा गरी एउटै उजुरी कायम गरिएको | १३७ | ||
तामेलीमा राखिएको उजुरी | ३३२ | जम्मा ३४० वटा उजुरी तामेलीमा राखिएकोमा ८ वटा उजुरी तामेलीबाट जगाई पुनः दर्ता भएको । | |
३ | हाल छानविनमा रहेको उजुरी | २५४२ | |
प्रारम्भिक छानविनमा रहेको उजुरी | २९ | ||
विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजुरी | २५१३ | ||
४ | हाल छानविनमा रहेका २५४२ वटा उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्ति | २५५७ | आवधिक बेपत्ता ४९ र पूर्ण बेपत्ता २५०८ |
५ | पीडित परिचयपत्र प्रदान गरिएको परिवार | १३४९ |
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको मिति २०८१/०७/११ गतेको निर्णयबाट “बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया, २०८१” को मस्यौदामा सार्वजनिक रुपमा ४८ घण्टाभित्र राय, प्रतिक्रिया माग गर्ने निर्णय भएकोले उक्त मस्यौदाउपर मिति २०८१/०७/१४ गतेभित्र सो समितिको सचिवालय (कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय) वा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको इमेलः infolaw@moljpa.gov.np वा lawministrynepal@gmail.com वा सत्य निरुपण तथा मेलमिलाप आयोगको इमेलः trcbabarmahal@gmail.com वा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको इमेलः ciedpnepal@gmail.com मार्फत राय, प्रतिक्रिया उपलब्ध गराइदिनुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिबाट स्वीकृत “बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया, २०८१”