उदयपुर, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया र छलफल कार्यक्रम सम्पन्न

आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रमको सिलसिलामा यस आयोगले छानविन एवं अनुसन्धान गरी रहेको कार्यको सन्दर्भमा सम्पादित छानविन कार्यहरुको जानकारी गराउने र बेपत्ता पीडित परिवारजनहरुलाई सेवा सुविधा र सहुलियत स्थानीय तहबाट उपलब्ध गराईदिन आयोगबाट अनुरोध गरी पठाईएको पत्रका सम्बन्धमा जानकारी गराउने र बेपत्ता पीडित परिवारका सम्बन्धमा स्थानीय तहले गरेका काम कारवाहीको छलफल गर्ने मुख्य उद्देश्यका साथ उदयपुर र पाँचथर जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी २ वटा छुट्टा-छुट्टै अन्तर्क्रिया कार्यक्रम र ताप्लेजुङ्ग जिल्लामा स्थानीय तहले गरेका काम कारवाहीको बारेमा छलफल कार्यक्रम मिति २०८१/०२/१६ देखि २०८१/०२/२५ सम्म सम्पन्न भयो।