स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया र अनुगमन कार्यक्रम सम्पन्न

आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम र अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमको सिलसिलामा यस आयोगले छानविन एवं अनुसन्धान गरी रहेको कार्यको सन्दर्भमा सम्पादित छानविन कार्यहरुको जानकारी गराउने र बेपत्ता पीडित परिवारजनहरुलाई सेवा सुविधा र सहुलियत स्थानीय तहबाट उपलब्ध गराईदिन आयोगबाट अनुरोध गरी पठाईएको पत्रका सम्बन्धमा जानकारी गराउने र बेपत्ता पीडित परिवारका सम्बन्धमा स्थानीय तहले गरेका काम कारवाहीको अनुगमन/छलफल गर्ने मुख्य उद्देश्यका साथ दैलेख र जुम्ला जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी २ वटा छुट्टा-छुट्टै अन्तर्क्रिया कार्यक्रम र मुगु जिल्लामा स्थानीय तहले गरेका काम कारवाहीको बारेमा छलफल/अनुगमन कार्यक्रम मिति २०८०/०१/१४ देखि २०८०/०१/२३ सम्म सम्पन्न भयो।