छलफल कार्यक्रम


मिति २०७४/०४/०६ गते ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभा हलमा आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य श्री सुदिप पाठकको समुपस्थितिमा  Jyoti Sanghera, Chief, Asia Pacific Section, Office of the United Nations High Commissioner for Human Rights सँग यस आयोगको काम कारवाहीका विविध पक्षहरुका सम्बन्धमा छलफल गरियो । सो अवसरमा Sanghera ले यस आयोगमा परेका उजुरी, छानविन, अनुसन्धान र यससँग सम्वन्धित काम कारवाही तथा आगामी रणनीतिका विषयमा जिज्ञासा राख्दै आवस्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । उक्त छलफलमा यस आयोगका सदस्य द्वय श्री बिजुल वि.क. दुलाल, प्रा.डा. श्री विष्णु पाठक र सचिव श्री नृपध्वज निरौला तथा सह–सचिव श्री कुमुदप्रसाद शर्मा समेतको उपस्थिति रहेको थियो ।