आयोगका श्रीमान् सचिव कृष्णजीवी घिमिरेज्यूबाट आईसीआरसी नेपालका मिसन प्रमुखसँग भेटघाट


मिति 2076/08/18 गते, बुधवारका दिन यस आयोगका सचिव कृष्णजीवी घिमिरेज्यूले मिसन प्रमुखका रुपमा  नव नियूक्त भई आउनु भएका  Mr. jerome Alexandre Imstepf  लाई स्वागत गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ । उक्त भेटघाटमा आईसीआरसी नेपालबाट जिम्मेवारी पुरा गरी फिर्ता हुन लाग्नु भएका मिसन प्रमुख Mr . Andre Paquet को पनि उपस्थिती रहेको थियो। यस आयोगका सचिवज्यूले मिसन प्रमुख Mr . Andre Paquet को कार्यकालमा भएका कार्यहरुको प्रसंशा र  आयोगलाई पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनको कार्यकालको शुभकामना दिनुभयो। नव नियूक्त भई आउनु भएका मिसन प्रमुख Mr. jerome Alexandre Imstepf ले संक्रमणकालीन न्यायमा आयोगले खेल्न सक्ने भूमिका र आयोगको क्षमता विकासमा आईसीआरसी नेपालले गर्न सक्ने सहयोगका क्षेत्रहरु पहिचान गरी सहयोगलाई निरन्तरता दिने कुरा व्यक्त गर्नुभयो । आयोगका सचिवज्यूले  पनि आयोगले आगामी दिनमा समेत संक्रमणकालीन न्याय निरुपणमा आईसीआरसी नेपालसँग सहयोगका क्षेत्रहरु पहिचान गरी समन्वयात्मक रूपमा अगाडि बढ्न उपयुक्त हुने विचार राख्नु भयो ।