नवनियुक्त पदाधिकारीज्यूहरुको स्वागत कार्यक्रम।


मिति २०७६/१०/०९ गते विहिबारको दिन यस वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नव नियुक्त पदाधिकारीज्यूहरु, अध्यक्ष श्री युवराज सुवेदी, सदस्य श्री विश्वप्रकाश भण्डारी, सदस्य डा. गंगाधर अधिकारी, सदस्य श्री सुनिल रंजन सिंह, सदस्य श्री सरिता थापालाई यस आयोगमा पदबहाली गराई स्वागत गरियो । उक्त स्वागत कार्यक्रममा आयोग सचिवालयका सम्पूर्ण कर्मचारीको तर्फबाट आयोगका सचिव श्री कृष्णजीवी घिमिरेज्यूले नवनियुक्त पदाधिकारीज्यूहरुलाई टीका र माला सहित स्वागत गर्नुभएको थियो।कार्यक्रममा आयोगका सहसचिव श्री ईश्वरीप्रसाद ढकालज्यूले आयोगको बारेमा संक्षिप्त जानकारी सहितको प्रस्तुतिकरण गर्नुभएको थियो ।कार्यक्रमको अन्तमा सम्पूर्ण पदाधिकारीको तर्फबाट नवनियुक्त अध्यक्ष श्री युवराज सुवेदीज्यूले स्वागत प्रति कर्मचारीलाई धन्यवाद दिदै आयोगले आगामी दिनमा कार्य योजना बनाई कानून बमोजिम तोकिएको कार्य सम्पादन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।