यस आयोगका पदाधिकारी, पत्रकार र आयोगका कर्मचारीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

यस आयोगका पदाधिकारी, पत्रकार र आयोगका कर्मचारीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न।


2020-02-19

मिति २०७६  फाल्गुण ०६ गते यस आयोगको सभाहलमा आयोगका पदाधिकारीज्यूहरु र पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आयोगका अध्यक्ष श्री युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, श्री सुनिल रंजन सिंह, श्री सरिता थापा सहित आयोगमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा पत्रकारहरूले आ-आफ्नो जिज्ञासा र सुझाव राख्दै, कानूनको संशोधन गरी कार्य गरिनु पर्ने, पीडित परिवारजनलाई विश्वासमा लिएर काम गर्नु पर्ने, पीडितले आयोगबाट भएको कामकारवाहीको अनुभुति गर्नु पर्ने, कारवाही र परिपूरणको सिफारिश गरी छानविन कार्यमा तिव्रता दिनुपर्ने, आयोगको सामु रहेका चुनौतिको सामना गर्दै परिणाममुखी कार्य गर्नु पर्ने, आयोगले हालसम्म गरेको काम सार्वजनिक गर्नु पर्ने, बेपत्ता व्यक्तिको सम्पत्ति हस्तान्तरण लगायतका विषयमा पीडितले भोग्दै आएका समस्याहरुलाई संवोधन गर्दै स्थानीय तहमा समन्वय गरेर जानु पर्ने बिषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा पत्रकारहरूबाट उठाईएका विषयलाई सम्बोधन गर्दै यस आयोगका अध्यक्षले कानून एवं प्रमाणका आधारमा काम कारबाही अगाडी बढाउने, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाई सत्य तथ्यको उजागर गर्न आयोगले सक्दो प्रयास गर्ने, पीडितहरूको सहभागिता, प्राथमिकता, अधिकार एवं स्वामित्वलाई ग्रहण गरी कानून बमोजिम आयोगलाई प्राप्त जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै उक्त कार्यक्रममा आयोगका अध्यक्षले पीडितमैत्री कानून निर्माणका लागि नेपाल सरकारसमक्ष सुझाव दिएको, अनुसन्धान टोली गठन गरी मिसिल अध्ययन कार्य प्रारम्भ गरिएको, विस्तृत अनुसन्धान गर्न बाँकी रहेका जिल्लाहरु मध्ये रोल्पा जिल्लामा तुरुन्तै टोली पठाउन तयारी गरेको, अर्ध वार्षिक एवं वार्षिक कार्य योजना बमोजिम छानविन कार्यलाई तिव्रता दिने गरी कार्य प्रारम्भ गरेको समेत अवगत गराउनु भयो ।