अनुसन्धानात्मक लेख आह्रवान सम्बन्धी सूचना ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

नेपाल

मितिः २०७९/०५/१९

अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना।

नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी व्यक्ति बेपत्ता पारिएका घटनाको सम्बन्धमा सत्य अन्वेषण गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने, पीडितलाई परिपूरणको सिफारीस गर्ने, त्यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी कार्वाहीको लागि सिफारिस गर्ने र भविष्यमा त्यस्तो घटना दोहोरिन नदिने उपायहरु सिफारिस गर्ने समेतको क्षेत्राधिकार सहित यस आयोगको स्थापना भएको हो।यस आयोगले संक्रमणकालीन न्यायका विविध क्षेत्रहरु समेटी विगत वर्षहरुदेखि नै “सत्यको खोजी” नामक जर्नल प्रकाशन गर्दै आइरहेको व्यहोरा विदितै छ।यसै सर्न्दभमा सत्यको खोजी अंक ५ प्रकाशनको लागि विद्वान लेखकहरुबाट अनुसन्धानमूलक लेख आह्ववान गरिएको छ।इच्छुक लेखकहरुले तपशिल वमोजिम हुने गरी लेख उपलब्ध गराइदिनहुन अनुरोध ।

तपसिल

  1. लेख संक्रमणकालीन न्याय सम्बन्धी अनुसन्धानमूलक, विश्लेषणात्मक तथा मौलिक हुनु पर्नेछ।
  2. लेखका साथमा लेखकको पद, ठेगाना, मोवाइल नं. र इमेलसमेत पठाउनु पर्नेछ।
  3. लेख तयार गर्दा नेपालीमा Unicode फन्टमा १२ ̎ साइजमा र अंग्रेजीमा The Times New Roman  को १०.५ ̎ साइजमा टाइप गरी विद्युतीय प्रति (Electronic Copy) इमेल मार्फत् पठाउनु पर्नेछ।
  4. लेख कम्तिमा ३५०० र बढीमा ५००० शब्दमा लेखिएको हुनु पर्नेछ।
  5. कुनै लेख वा प्रकाशनार्थ प्राप्त सामग्री प्रकाशित गर्ने वा गर्ने तथा त्यस्ता सामग्री सम्पादन गर्ने सिलसिलामा त्यसको कुनै अंश हटाउने तथा भाषा संशोधन गर्ने अधिकार सम्पादक/सम्पादक मण्डललाई हुनेछ।
  6. प्रकाशनका लागि प्राप्त लेखहरु समकक्षी पुनरावलोकन (Peer Review) पश्चात् मात्र प्रकाशन गरिने छ।
  7. यस आयोगमा प्रकाशनार्थ पठाइएको सामग्री अन्यत्र प्रकाशित भएको हुनु हुँदैन।साथै यस आयोगमा प्रकाशनार्थ पठाइएको सामग्री लेखकले अन्यत्र प्रकाशन गर्नका लागि पठाउन पाइने छैन।
  8. लेख मिति २०७९ कार्त्तिक मसान्तभित्रमा आयोगको इमेल ciedpnepal@gmail.com मा पठाइसक्नु पर्नेछ।निर्धारित अवधिभित्र प्राप्त नभएका, व्यक्तिगत इमेल वा अन्य माध्यमबाट प्राप्त लेख स्वीकार्य नहुने व्यहोरा समेत अनुरोध छ।
  9. लेखमा NJA बाट स्वीकृत Rule of Citation को पालना गर्नु पर्नेछ।
  10. प्रकाशनका लागि स्वीकृत लेखकहरुलाई नियमानुसार पारिश्रमिक उपलब्ध गराइनेछ।

 

 

(राजकुमार ढुंगेल)

सदस्य-सचिव

पुनश्चः यसअघिका जर्नलहरुमा प्रकाशित लेखहरु आयोगको-जर्नलहरु बाट हेर्न सकिनेछ।