बेपत्ता पारिएका व्यक्त्तिको छानविन आयोगले मिति २०७८।०३।२८ गते सोमबार ललितपुरमा शव उत्खनन् सम्बन्धी कार्यविधि, २०७८, एन्टीमोर्टम तथ्याङ्क सम्बन्धी कार्यविधि, २०७८, डी.एन.ए. नमूना संकलन र प्रोफाइलिङ्ग सम्बन्धी कार्यविधि र शव परिक्षण सम्बन्धी कार्य संचालन कार्यविधि , २०७८ को मस्यौदाउपर छलफल गर्न कार्यशाला गोष्ठीको आयोजना गरियो । उक्त कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष श्री युवराज सुवेदीले गर्नुभएको थियो । उक्त गोष्ठीमा आयोगका सदस्यहरु, कर्मचारीहरु तथा विधि विज्ञान समितिका विज्ञ चिकित्सकहरु, पुरातत्व विज्ञ र पीडित र पीडित आबद्ध संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।उक्त गोष्ठीमा उल्लेखित कार्यविधिहरुको मस्यौदाउपर दफावार छलफल गरिएको थियो।