अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

यस आयोगको आर्थिक बर्ष २०८०/८१ को अर्धबार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८०/११/१७ गते सम्पन्न भयो।आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा आयोगको छानविन तथा प्रशासन महाशाखाका महाशाखा प्रमुखहरु समेत ३६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो। आयोगमा कार्यरत सबै शाखाका शाखा प्रमुखहरुले आ-आफ्नो शाखाले सम्पादन गरेका कार्यहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।

आयोगको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा छानविन सम्वन्धमा यस अवधिमा स्थानिय तहसंग गरिएको अन्तरक्रिया लगायतका कार्यहरुको प्रदेशगत विवरण समेत सम्वन्धित प्रदेश हेर्ने आयोगका उपसचिवहरुबाट प्रस्तुत गरिएको थियो।प्रशासन तथा योजना शाखाका उपसचिव श्री ज्योती श्रेष्ठले यस आर्थिक बर्षको कार्यक्रम तथा त्यसलाई कार्यान्वयन गर्ने कार्ययोजनाको बारेमा प्रकाश पार्दै यस आर्थिक बर्षमा सम्पन्न गर्न बाँकी कार्यक्रमहरुको विवरण समेत प्रस्तुत गर्नुभएको थियो।

आयोगका छानविन महाशाखाका महाशाखा प्रमुख श्री कृष्णराज पन्तले उजुरी  छानविन सम्वन्धमा कर्मचारीहरुबाट सम्पन्न हुनसक्ने कार्यहरुको निरन्तरता कायमै राख्नुपर्ने धारणा ब्यक्त गर्नुभयो भने प्रशासन महाशाखाका महाशाखा प्रमुख श्री कविराज पौडेलले आगामी आर्थिक बर्षको योजनाहरुको प्राथमिकिकरण तथा बजेट  निर्माण सम्वन्धी खाका निर्धारण गर्ने र कानुन तथा अनुशासनको परिपालना सबै कर्मचारीले गर्नु पर्ने विषयमा जोड दिनु भयो।कार्यक्रमको अन्तमा कार्यक्रममा छलफलमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै आयोगका सचिव श्री लोकराज पराजुलीले आयोगको कार्यसम्पादनमा सक्रिय सबै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। सोही क्रममा उहाँले आयोगका यस आर्थिक बर्षका बाँकी कार्यक्रमहरु समयमा सम्पन्न गर्नुपर्ने तथा पदाधिकारीहरु सहितको आगामी योजना तथा बजेटको खाका निर्माण गर्ने निर्देशन सहित कार्यक्रमको समापन गर्नु भएको थियो।