तनाव व्यवस्थापनका लागि पूनर्ताजगी सम्बन्धी प्रशिक्षण कार्यक्रम २०८० सम्पन्न

यस वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.व. ०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत “तनाव व्यवस्थापनका लागि पूनर्ताजगी कार्यक्रम २०८०” आयोगका सचिव श्री लोकराज पराजुली, सहसचिवद्वय श्री कविराज पौडेल र श्री कृष्णराज पन्त समेत ३४ जना कर्मचारीहरुको सहभागितामा धुलिखेल काभ्रेपलाञ्चोकमा मिति २०८० फाल्गुन १० र ११ मा सम्पन्न भयो। उक्त कार्यक्रमको सहजिकरण मनोविमर्शकर्ता डा. केदार बहादुर रायमाझीले गर्नु भएको थियो। उक्त कार्यक्रममा नेतृत्व सीप, परामर्शसीप, संवेगात्मक वौद्धिकता व्यवस्थापन, उत्कृष्टताका लागि सकरात्मक सोचको विकास, तनावको अर्थ, महत्व, कारण र परिणामहरु एंवम् तनाव व्यवस्थापनका विविध सीपहरुबारे सैद्धान्तिक एंव व्यवहारिक ज्ञान प्राप्त भएको थियो।कार्यक्रमको समापनको क्रममा आयोगका सचिव श्री लोकराज पराजुलीले कर्मचारीहरुले प्रशिक्षणको क्रममा सिकेका कुराहरु व्यवहारमा लागु गरेमा कर्मचारीको संवेग, भावना र सोचाईमा परिवर्तन आई सेवा प्रवाहमा प्रभावकारीता वृद्धि हुने अपेक्षा राख्नु भएको थियो।