आयोग पदाधिकारीद्वारा महान्यायाधिवक्तासँग भेट


काठमाडौं, पौष २१ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष सहितको आयोगको टोलीले माननीय महान्यायाधिवक्ता हरिकृष्ण कार्कीसँग भेटघाट गरेको छ । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंमा भएको उक्त भेटमा महान्यायाधिवक्ता कार्कीले आयोगलाई  आवश्यक जनशक्ति उपलब्ध गराउने लगायत आफ्नो र आफ्नो कार्यालयको तर्फबाट आयोगलार्इ पूर्ण सहयोग हुने बताउँदै  आयोगलार्इ आफ्नो उदेश्य र कार्यमा सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्यहरू विजुल वि.क. दुलाल, नरकुमारी गुरुङ्ग, आई बहादुर गुरुङ्ग, आयोगका सचिव महेश शर्मा पौडेल, सहसचिव कुमुद प्रसाद शर्मा, उपसचिव रामहरि शर्मा काफ्ले सो भेटमा सहभागी रहनु भएको थियो । उक्त भेटमा आयोगले हालसम्म सम्पादन गरेका कार्यहरू तथा आयोगलाई कार्यसम्पादनका सिलसिलामा देखिएका कठिनाईहरुबारे आयोगका अध्यक्ष तथा पदाधिकारीहरुले जानकारी प्रस्तुत गर्नुभएको थियो।