बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१३ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री श्यामकुमार भट्टराई, आयोगका सहसचिव श्री कविराज पौडेल समेतबाट बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको तेह्रौ अन्तरार्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्री श्री कमल बहादुर शाहसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। छलफलको क्रममा आयोगबाट देहायका विषयमा बेपत्ता पीडित परिवारहरुलाई सहयोग गरिदिन अनुरोध गरिएकोमा माननीय मुख्य मन्त्री श्री कमल बहादुर शाहबाट उल्लेखित विषयहरु कार्यान्वयन गर्ने कुरामा आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

  • लोकतन्त्रसँग सम्बन्धित विभिन्न सार्वजनिक कार्यक्रमहरुमा र राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पीडितहरुलाई सम्मान प्रकट गर्ने।
  • प्रदेश र स्थानीय तहबाट प्रदान गर्ने सम्मान विभूषणहरुमा बेपत्ता पीडित र द्वन्द्व पीडित परिवारजनहरुलाई पनि समावेश गराउने।
  • बेपत्ता पीडित र द्वन्द्व पीडितहरुलाई स्वास्थ बिमाको प्रिमियम तिरिदिने व्यवस्था गरिदिने।
  • सार्वजनिक सडक, पूल, स्कुल, चौतारा, बँगैचा, उद्यान, लगायतका सार्वजनिक स्थलमा शहिद र बेपत्ताको नाममा नामाकरण गरिदिने।
  • स्थानीय पाठ्यक्रममा शहिद र बेपत्ताको जीवनी सहित स्थानीय लोकतान्त्रिक आन्दोलनको इतिहास समावेश गरिदिने।