बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री शिवराज भट्टज्यूको प्रमुख आतिथ्यतामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा मिति २०८०/०५/१३ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका डीन श्री कर्ण बहादुर थापा, द्वन्द्व पीडित साझा चौतारीबाट श्री गणेश बहादुर मल्ल, इन्सेक प्रदेश कार्यालय धनगढीबाट श्री खड्क राज जोशी, माईती नेपालबाट श्री शिव चरण चौधरी, दलित महिला अधिकार मञ्च नेपालबाट श्री सावित्रा घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगबाट श्री हरी ज्ञवाली, एण्डभोकेसी फोरमबाट श्री पुष्प विक्रम शाही, शहिद परिवारबाट श्री राधिका खत्री समेत विभिन्न सरोकारवालाहरु, संघ संस्था, नागरिक समाज, बेपत्ता पीडित परिवारका प्रतिनिधि समेतको सहभागितामा छलफल कार्यक्रम आयोजना गरी बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको तेह्रौ अन्तरार्राष्ट्रिय दिवस सम्पन्न भयो ।

आयोगका सहसचिव श्री कविराज पौडेलले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता माननीय श्री कुलानन्द उपाध्यायबाट बेपत्ता नागरिकहरुको सवालहरु विषयमा कार्यपत्र प्रस्तुत भएको थियो भने आयोगका उपसचिव श्री नवराज आचार्यले आयोगको काम कारवाही र भावी कार्य दिशाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका डीन श्री कर्ण बहादुर थापा, द्वन्द्व पीडित साझा चौतारीका श्री गणेश बहादुर मल्ल, कार्यक्रमका प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री शिवराज भट्टले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा ईन्सेकबाट श्री खड्कराज जोशी, कैलाली जिल्ला बार ईकाइका अध्यक्ष श्री ईन्द्र प्रसाद लेखक, एण्डभोकेसी फोरमबाट श्री पुष्प विक्रम शाही, YAC नेपालका श्री देवि प्रसाद खनाल समेतले छलफलमा भाग लिदै सत्य तथ्य जनसमक्ष ल्याउने, बेपत्ता पीडितहरुलाई राहत परिपूरण लगायतका सुविधा उपलब्ध गराई पीडकलाई कारवाहीको दायरामा ल्याउने काम धेरै ढिला भइसकेको छ भन्ने समेत उल्लेख गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री शिवराज भट्टले द्वन्द्व पीडित तथा बेपत्ता पीडित परिवारहरुलाई प्रदेश स्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नु भएका आयोगका सचिव श्री श्यामकुमार भट्टराईले छलफलमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

साथै मिति २०८०/०५/१३ गते इन्सेक, नेपाल रेडक्रस सोसाईटी, एडभोकेसी फोरम समेतका विभिन्न संघ संस्थाको आयोजनामा संचालन गरिएको बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा आयोगबाट भएका कामकारवाही र भावी कार्य योजनाका विषयमा आयोगका उपसचिव श्री नवराज आचार्यले कार्यपत्र प्रस्तुत गर्दै अन्तरक्रिया कार्यक्रममा आयोगको प्रतिनिधित्व गर्नु भएको थियो।