बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा संक्रमणकालीन न्याय सम्बन्धि कार्यशाला सम्पन्न।


मिति २०७६ माघ २० गते आयोगको सभाहलमा आयोगका अदक्ष्य श्री युवराज सुवेदी, आयोगका सदस्यहरु, आयोगका सचिव श्री कृष्णजीवी घिमिरे, सहसचिव श्री ईश्वरी प्रसाद ढकाल सहित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा संक्रमणकालीन न्याय सम्बन्धि कार्यशाला सम्पन्न गरियो। उक्त कार्यक्रममा थप सुचना संकलन एंव अन्य गतिविधिका बारेमा उपसचिव मीना गुरुङ्गबाट प्रस्तुतीकरण भयो। सो अवसरमा संक्रमणकालीन न्याय सम्बन्धी विश्वका विभिन्न मुलुकहरुमा भएको अभ्यास बारेमा भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरियो। सो अवसरमा आयोगका सदस्य श्री सुनिल रंजन सिँह ज्युले पदाधिकारी विहिन अवस्थामा समेत सक्रियतापूर्वक सुचना संकलन सम्बन्धी गरेका काम कारबाही सरहनीय रहेको बताउनुभयो।

आयोगका अदक्ष्यज्युले आयोगको हालसम्मका काम कारबाहीको लागि धन्यबाद दिदै आगामी दिनमा आयोगले कार्ययोजना बनाई कार्य अगाडी बढाउनु आवश्यक रहेको बताउनु भयो।