मानवअधिकारवादी संघ संस्था र कानूनविद्हरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१२ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित जिल्ला अदालत बार एशोसिएनको सभाहलमा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष श्री यज्ञ राज जोशी, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष श्री कृष्ण देव जोशी, नेपाल बार काउन्सिलका पार्षद श्री प्रकाश बहादुर पाण्डे, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका डीन श्री कर्ण बहादुर थापा, द्वन्द्व पीडित साझा चौतारीबाट श्री जानकी देवी जोशी, मानव अधिकार निगरानी समूहका श्री प्रभु निधि पन्त, नागरिक समाजका श्री कोमल निरन्जन भाट समेत विभिन्न मानव अधिकारवादी संघ संस्था, कानूनविद्हरु, विभिन्न सरोकारवालाहरु र नागरिक समाज समेतको उपस्थितिमा बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको तेह्रौ अन्तरार्राष्ट्रिय दिवसका सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

सो कार्यक्रममा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष श्री यज्ञराज जोशीबाट सुदूरपश्चिम प्रदेशमा द्वन्द्वको समयमा व्यक्ति बेपत्ता पार्ने प्रवृत्ति विषयमा कार्यपत्र प्रस्तुति राख्नु भएको थियो ।द्वन्द्व पीडित साझा चौतारीबाट श्री जानकी देवी जोशी, कानून व्यवसायी श्री कौशिला योगी, श्री पूर्ण भट्ट, नागरिक समाजका श्री कोमल निरन्जन भाट, श्री विष्णु दत्त अवस्थी समेतले छलफलमा भाग लिदै संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने कार्य निकै ढिला भइसकेको र पीडित आवश्यकतालाई राज्यले प्राथमिकता पूर्वक सम्बोधन गर्नु पर्ने धारणा राख्नु भएको थियो । छलफलमा उठेका जिज्ञासाहरुको सम्बोधन आयोगका सहसचिव श्री कविराज पौडेलबाट भएको थियो । कार्यक्रमको अध्यक्षता आयोगका सचिव श्री श्यामकुमार भट्टराईले गर्नु भएको थियो ।