बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका विद्यार्थीहरुसँग छलफल कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१२ गते बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकाय, जनज्योति कलेज र लिटिल बुद्ध एकेडेमीमा कानून विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा  आयोगका सचिव श्री श्यामकुमार भट्टराईबाट संक्रमणकालीन न्याय, द्वन्द्व पीडितको अवस्था र मानव अधिकार साथै संविधानका आधारभूत विषयहरुका सम्बन्धमा छलफल गर्नु भएको भयो। कार्यक्रममा उच्च अदालत बार एशोसियसनका अध्यक्ष श्री यज्ञ राज जोशी, नेपाल बार काउन्सिलका पार्षद श्री प्रकाश बहादुर पाण्डे, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका डीन श्री कर्ण बहादुर थापासमेतको उपस्थिति रहेको थियो। कार्यक्रममा कानून विषयमा अध्ययनरत करिव १२० जना विद्यार्थी सहभागी रहेका थिए। कार्यक्रमको सहजीकरण नेपाल बार काउन्सिलका पार्षद श्री प्रकाश बहादुर पाण्डेले गर्नु भएको थियो। भीमदत्त नगरपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन भएको थियो।