वार्षिक समीक्षा र सत्यको खोजी नामक जर्नल विमोचन कार्यक्रम


आज मिति २०७६/०३/२५ गते आयोगको सभाहलमा द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष श्री सुमन अधिकारी, द्वन्द्व पीडित साझा चौतारीका उपाध्यक्ष  श्री मैना कार्की र श्री सृजना श्रेष्ठ, न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका अध्यक्ष एवं CVCP का महासचिव श्री जनक रावत लगायतका पीडित परिवारका प्रतिनिधिहरूको उपस्थितिमा आयोगको चालु आ.व. २०७५/७६ को वार्षिक समीक्षा गरियो। यस आ.व.मा सञ्चालित कार्यक्रमहरूको प्रगति विवरण आयोगका सह-सचिव श्री ईश्वरीप्रसाद ढकालज्यूले प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका अध्यक्ष श्री जनक रावतले आयोगको यथाशीघ्र आयोग गठन भई पीडितहरूको मागहरू सम्बोधन गरिनु पर्ने कुरामा जोड दिनु भयो।

उक्त कार्यक्रममा आयोगले हाल सञ्चालन गरिरहेको सूचना संकलन तथा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिँदै जाने, आयोग गठन भए पश्चात् छानविन कार्यलाई कार्ययोजना सहित थप प्रभावकारी बनाउने लगायतका निर्णयहरू समेत गरियो ।

कार्यक्रममा आयोगका सचिव श्रीमान् कृष्णजीवी घिमिरे र पीडित संस्थाका प्रतिनिधिहरूले आयोगले संक्रमणकालीन न्यायका सिद्धान्त, मान्यता विश्व अभ्यास र नेपालमा त्यसको प्रयोगका विषयहरू समेटिएको “सत्यको खोजी” नामक जर्नल संयुक्त रूपमा विमोचन गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता आयोगका सचिव श्रीमान् कृष्णजीवी घिमिरेज्युले गर्नु भएको थियो ।

उक्त जर्नलको इलेक्ट्रोनिक भर्जन तलबाट डाउनलोड गर्न सकिने छ ।