संक्रमणकालिन न्याय र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न।


मिति २०७६/१०/२९ गते यस आयोगको सभाहलमा सुरक्षा तथा द्वन्द्व विश्लेषक श्री गेजा शर्मा वाग्लेसंग आयोगका पदाधिकारीज्यूहरु, सचिवज्यू, सहसचिवज्यूहरु सहित आयोगमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा संक्रमणकालिन न्याय र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विषय विज्ञको रुपमा उपस्थित श्री गेजा शर्मा वाग्लेज्यूले नेपालको शान्ति प्रक्रियाका पक्षहरु र संक्रमणकालिन न्यायको अवधारणा र आयोगको अपेक्षित भूमिका विषयमा आफ्नो प्रस्तुतिकरण दिनुभएको थियो । प्रस्तुतिको बारेमा पदाधिकारीज्यूहरु र कर्मचारीहरुले राखेका विभिन्न जिज्ञासाहरुको बारेमा विषय विज्ञले जवाफ दिदै विभिन्न छलफल भएको थियो । कार्यक्रमको अन्तमा आयोगको तर्फबाट अध्यक्षज्यूले सवै सरोकार पक्षसंग समन्वय गरेर पीडितमुखी भई आयोगले आफुलाई तोकिएको कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।