अहिंसात्मक सञ्चार (Non-Violent Communication) विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०७९/१०/०२ गते सोमवारका दिन राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत कर्मचारीहरुको लागि CPS/Pro Public (Forum for Protection of public Interest) ले अहिंसात्मक सञ्चार (Non-Violent Communication) विषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरियो। सो कार्यक्रममा आयोगका सचिव श्री श्यामकुमार भट्टराई Pro Public का संस्थापक श्री प्रकाशमणि शर्मा, सदस्य अधिवक्ता श्री नानी थापा लगायत आयोगको कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा अहिंसात्मक सञ्चारको अन्तर्राष्ट्रिय विषय विज्ञ MIronel रहनु भएको थियो। अहिंसात्मक सञ्चार केन्द्रका प्रशिक्षक/Peace Adviser of CPS/Pro Public किशोर कुइकेलले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो। सो कार्यक्रममा अहिंसात्मक सञ्चार, त्यसका प्रक्रियाका बारेमा छलफल गरिएको थियो।