५ नं. प्रदेशका ३ जिल्लामा सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले ५ नं. प्रदेशका कपिलवस्तु, वाँके र वर्दिया गरी ३ जिल्लामा मिति २०७७ कार्तिक १९, २० र २१ मा वाँके तथा वर्दिया जिल्लामा सशस्त्र द्वन्द्वका वेपत्ता पारिएका घटनाको छानविनसँग सम्वन्धित सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफलसम्वन्धी छुट्टाछुट्टै 4 वटा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमहरुमा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, मानवअधिकारवादी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पीडित संघसंस्थाका प्रतिनिधिहरु एवम् सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको थियो।

कार्यक्रमहरुमा आयोगका श्रीमान् सचिव कृष्णजीवी घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आयोगका गतिविधि, भावी योजनाबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रममा सहभागीहरुले वेपत्ताको स्थिति तुरुन्त सार्वजनिक गर्नुपर्ने, पीडितलाई राहत तथा परिपुरण प्रदान गर्नुपर्ने, परिचयपत्र प्रदान गर्नुपर्ने र स्थानीय सरकारलाई कार्यक्रम ल्याउनका लागि जिम्मेवार वनाउनुपर्ने लगायतका विषयवस्तुहरु गम्भीरतापुर्वक उठाएका थिए । कार्यक्रमको अन्त्यमा, कार्यक्रमका अध्यक्ष तथा आयोगका सदस्य डा. गंगाधर अधिकारीले पीडित तथा सरोकारवालाहरुले उठाएका विषयवस्तुमाथि सम्बोधन गर्दै आयोगमाथि विश्वास गर्न अनुरोध गर्दै आयोग पीडितको रहेको र पीडितका मागलाई केन्द्रमा राखेर अगाडी वढ्ने कुरा समेत प्रष्ट पार्नुभएको थियो । कार्यक्रमका सम्पुर्ण सहभागीहरुलाई उपस्थितिको लागि धन्यवाद दिँदै वहाँले कार्यक्रमको समापन गर्नुभएको थियो ।