आयोगको चौथो प्रतिवेदन, २०७७ पेश गरिएको।

    आज मिति २०७७।१०।०५ गतेका दिन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २७ बमोजिम नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था भए बमोजिम आयोगले यस अवधिमा सम्पादन गरेका क्रियाकलाप तथा काम कारवाहीहरुको Read More …

ICRC Nepal र आयोग बीच भेटघाट सम्पन्न ।

मिति २०७७ पौष २४ गते शुक्रबारको दिन ICRC Nepal र आयोग बीच भेटघाट सम्पन्न भयो। नेपालमा २०५२फागुन १ गते देखि २०६३ मंसीर ५ सम्म भएको सशस्त्र द्वन्द्वको क्रममा  मानव अधिकारको गम्भीर उल्लंघन गरी व्यक्ति बेपत्ता पारिएका घटनाको सम्बन्धमा आयोगमा दर्ता Read More …

१ नं. प्रदेशको सुनसरीमा सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न ।

  वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १ नं. प्रदेशको सुनसरी जिल्लामा मिति २०७७ पौष ३ गते सशस्त्र द्वन्द्वका वेपत्ता पारिएका घटनाको छानविनसँग सम्वन्धित सरोकारवालाहरुसँग सुझाव संकलन तथा समन्वय छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमहरुमा जिल्ला समन्वय समिति प्रमुख, Read More …

५ नं. प्रदेशका ३ जिल्लामा सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले ५ नं. प्रदेशका कपिलवस्तु, वाँके र वर्दिया गरी ३ जिल्लामा मिति २०७७ कार्तिक १९, २० र २१ मा वाँके तथा वर्दिया जिल्लामा सशस्त्र द्वन्द्वका वेपत्ता पारिएका घटनाको छानविनसँग सम्वन्धित सरोकारवालाहरुसँग सुझाव संकलन तथा छलफलसम्वन्धी छुट्टाछुट्टै Read More …

थप ८ जिल्लामा विस्तृत छानविनको पहिलो चरणको छानविन कार्य सम्पन्न

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता परिएको भनी आयोगमा प्राप्त भएका उजूरीहरु मध्ये दार्चुला, रुकुम (पश्चिम भाग), कालिकोट, बझाङ्ग, बाजुरा, रुकुम(पूर्वी भाग),जुम्ला र मुगु गरी आठ जिल्लाका आयोगबाट विस्तृत छानविन गर्ने भनी निर्णय भएका १९६ थान उजूरीको सम्बन्धमा विस्तृत छानविनको कार्य अन्तर्गत Read More …

सुर्खेतमा प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजनामा मिति २०७७।०८।१० गते बुधवारका दिन जिल्ला समन्वय समिति, सुर्खेतको सभा हलमा कर्णाली प्रदेशका मुख्य मन्त्री माननीय महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा आयोगका अध्यक्ष श्री युवराज सुवेदीको अध्यक्षतामा  सुर्खेत जिल्लाका बेपत्ता पीडित तथा कर्णाली प्रदेश Read More …

विशेष कोरोना राहत अपलब्ध गराई दिन सम्बन्धमा

श्री नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरवार, काठमाडौं। विषयः विशेष कोरोना राहत अपलब्ध गराई दिन सम्बन्धमा। नेपालमा २०५२/११/१ देखि चलेको सशस्त्र द्वन्द्व नेपाल सरकार र द्वन्द्वरत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बीच २०६३/८/५ मा भएको विस्तृत शान्ति Read More …

बेपत्ता परिवारको पीडितको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा जारी प्रेस विज्ञप्ति

आज अगष्ट ३०, (International Day of the Victims of Enforced Disappearances, 30 August) का सन्दर्भमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपाल (CIEDP Nepal) सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको पीडित परिवारको आफ्नै आयोग रहेको र पीडितमैत्री न्याय, उचित परिपूरण तथा Read More …

मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

नेपाल सरकार बेपत्ता पारिएका व्यक्तिको छानवनि आयोग पुल्चोक, ललिपतुर मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०७७/०४/१४) यस आयोगको लागि आ.व. २०७७/७८ मा आवश्यक पर्ने निम्नानुसार समान तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एवं Read More …

कानून, न्याय तथा संसदीय मामिला मन्त्री र आयोगका पदाधिकारी बीच छलफल तथा परिचयात्मक कार्यक्रम

मिति २०७७/०३/२८ गते यस आयोगको सभाहलमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफे र आयोगका पदाधिकारी बीच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा माननीय मन्त्रिज्यू, आयोगका पदाधिकारीज्यूहरु, यस आयोगका श्रीमान् सचिवज्यू, कानून, न्याय तथा संसदीय Read More …