कानून मन्त्री र आयोगका पदाधिकारी बीच छलफल कानुन संशोधनका लागि ध्यानाकर्षण

यस आयोगका पदाधिकारी र माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफे बीच आषाढ १२ गते भेटघाट तथा छलफल सम्पन्न भएको छ । भेटघाटका अवसरमा आयोगका तर्फबाट यसअघि २०७६ साल माघ २६ गते ऐन संशोधनका सम्बन्धमा मन्त्रालयलाई दिइएका Read More …

बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस, २०१५ को उपलक्ष्यमा कार्यक्रमको आयोजना

बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस, २०१५ को उपलक्ष्यमा बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगद्वारा २०७२ भाद्र १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरियो । माननीय शान्ति तथा पुनर्निर्माण, कानून न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री Read More …

आयाेगका पदाधिकारी तथा ICRC NEPAL का प्रतिनिधिबीच भेटघाट

अायाेगका पदाधिकारी र ICRC NEPALका प्रतिनिधिबीच अायाेगकाे कार्यालय पुल्चाेकमा मिति २०७२।०५।२८ गते भेटघाट भयाे । साे अवसरमा अायाेगका पदाधिकारी र ICRC NEPALका प्रतिनिधिबीच परिचय तथा दुवै संस्थाकाे कार्यका बारेमा एक अापसमा जानकारी अादान प्रदान गरीयाे । साे भेटघाटमा ICRC NEPALका तर्फबाट Christy Welch- Read More …

आयाेगका सचिव र बेपत्ताका परीवारवीच बाग्लुङमा भेटघाट एवं छलफल

वेपत्ता पारिएका ब्यक्तिको छानविन अायोगका सचिव श्री महेश शर्मा पाैडेलले वेपत्ता पारिएका ब्यक्तिका पीडित परिवारसँग स्थानिय शान्ति समितिकाे कार्यालय वाग्लुङमा मिति २०७२/०७/०१गते भेटघाट र छलफल गर्नु भयो । सो अवसरमा सचिवज्यूले आयोगले हालसम्म गरेका कार्य र अब गर्ने कार्यहरूको वारेमा Read More …

आयाेगकाे कामलाई प्रभावकारी बनाउन विभिन्न कार्यटाेली बनाइएकाे सम्बन्धमा ।

(क) आयोगले गर्ने अनुसन्धानका लागि छानवीन निर्देशिका तयार गर्न आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकज्यूको अध्यक्षतामा आयोगका सचिव सदस्य, कानून न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालय र महान्यायाधिवक्ताको                 कार्यालयको प्रतिनिधि सदस्य तथा आयोगका Read More …

बेपत्ता पार्ने कार्यमा संलग्नलाई सजाय गर्ने विधेयकको मस्यौदा तर्जुमा गर्न कार्यटाेली बनाएकाे सम्बन्धमा ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अनुसार शसस्त्र द्वन्दको क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न आयोगको गठन भएको, आयोगले बेपत्ता पार्ने कार्यमा संलग्न आरोपितहरुलाई मुद्दा चलाउन महान्यायाधिवक्ता समक्ष लेखी पठाउने व्यवस्था ऐनको दफा २९ ले गरेको तर बेपत्ता पार्ने Read More …

आयाेगकाे बैठक नियमित रूपमा बस्ने बारे ।

यस आयोगको काम कारवाहीलाई नियमित र व्यवस्थित गर्न आयोगको बैठक नियमित रुपमा प्रत्येक हप्ताको सोमबार र विहिवार विहान ११ वजे आयोगको नियमित बैठक बस्ने र आवश्यकतानुसार अन्य समयमा पनि बस्ने ।

आयोग पदाधिकारीद्वारा महान्यायाधिवक्तासँग भेट

काठमाडौं, पौष २१ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष सहितको आयोगको टोलीले माननीय महान्यायाधिवक्ता हरिकृष्ण कार्कीसँग भेटघाट गरेको छ । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंमा भएको उक्त भेटमा महान्यायाधिवक्ता कार्कीले आयोगलाई  आवश्यक जनशक्ति उपलब्ध गराउने लगायत आफ्नो र आफ्नो Read More …

दुई आयोगको संयुक्त बैठक सम्पन्न

काठमाडौं, पौष २२ गते । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको संयुक्त बैठक बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय पुल्चोक ललितपुरमा सम्पन्न भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा बसेको Read More …

नेपाल बार एशोसिएशनका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न

२०७२ साल पौष २९ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो कार्यालय पुल्चोक ललितपुरमा नेपाल बार एशोसिएशनका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा नेपाल बार एशोसिएशनका उपाध्यक्ष टिकाराम Read More …